काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्यका लागि चिनियाा व्यवसायीलाई आग्रह गर्नुभएको छ । चाइनीज जनरल एसोसिएसन अफ इन्डस्ट्रीज एण्ड कमर्सका अध्यक्ष फान जियाओबोसंग भएको भेटवार्तामा निवर्तमान अध्यक्ष मल्लले नेपाल–चीन व्यापारिक सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउन सहकार्यको प्रस्ताव गर्नुभएको हो ।

भेटका क्रममा निवर्तमान अध्यक्ष मल्लले चीनसागको व्यापारिक सम्बन्धलाई अझ सशक्त बनाउन कृषि, पूर्वाधार विकास, प्रविधिमैत्री र पर्यटन क्षेत्रमा सहकार्य हुनुपर्ने बताउनुभयो ।

नेपालमा चिनियाा लगानी र प्रविधि भिर्त्याएर दीर्घकालीन व्यवसायिक साझेदारी मार्फत दुवै देशले लाभ लिन सक्ने निवर्तमान अध्यक्ष मल्लको भनाई छ ।

उहा भन्नुभयो, ‘चीनदेखि भारत सीमा सम्मको पूर्वाधार विकास र राजमार्ग निर्माण गर्न सकेमा त्रिदेशीय व्यापारिक लाभ प्राप्त गर्न सकिन्छ ।’ नेपालले भौगोलिक रुपमा चीन र भारतबीचको व्यापारिक पुलको रूपमा कार्य गर्न सक्ने सम्भावनामा उहााले जोड दिनुभयो ।

नेपालमा होटल पूर्वाधारमा लगानी मार्फत चिनियाा पर्यटक आर्कषित गर्न सकिने मल्लले बताउनुभयो । निवर्तमान अध्यक्ष मल्लले भन्नुभयो, ‘चीनमा करिब १० करोड बौद्ध धर्मावलम्बी रहेका छन् । त्यसको १ प्रतिशत करिब १० लाख पर्यटक मात्रै नेपाल भिर्त्याउन सकिए अर्थतन्त्रमा महत्वुपूर्ण योगदान पुग्नेछ ।

नेपालका सुन, तामा, युरेनियम लगायतका खानीहरूको प्रचुर सम्भावनालाई औंल्याउादै निवर्तमान अध्यक्ष मल्लले त्यसको अनुसन्धान, प्रशोधन र निर्यातमा चिनियाा लगानीको अवसर खुला रहेको बताउनुभयो ।

चीनसाग नेपालको व्यापार घाटा उच्च रहेको अध्यक्ष मल्लले बताउनुभयो । उहााले भन्नुभयो, ‘चीनबाट २.५३ अर्व डलर बराबरको आयात हुादा नेपालले जम्मा १५.४९ मिलियन डलरको मात्रै निर्यात गरेको छ ।’ यस असन्तुलन घटाउन उत्पादनमूलक उद्योग, प्रविधि स्थानान्तरण र निर्यातमुखी लगानीमा संयुक्त पहल आवश्यक रहेको मल्लले बताउनुभयो ।

सूचना प्रविधि क्षेक्रमा संयुत्त लगानी मार्फत पुनः निर्यातको सम्भावना रहेको बताउादै मल्लले नीतिगत स्पष्टता र प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्स प्रतिवद्ध रहेको बताउनुभयो ।

चेम्बर पदाधिकारीसंगको भेटवार्ताका क्रममा अध्यक्ष फान जियाओबोले नेपालबाट निर्यात प्रवर्द्धन गर्न आफुहरु प्रयासरत रहेको बताउनुभयो । उहााले नेपालको पर्यटन क्षेत्रको विकास, होटल व्यवसायमा लगानी र व्यापारिक सहकार्यको पहललाई सकारात्मक रूपमा अघि बढाइने प्रतिवद्धता जनाउनुभयो । नेपालको कृषि र पर्यटन क्षेक्रमा संयुत्त लगानीका लागि पहल गरिने उहााले बताउनुभयो ।