काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी कवि फुयाँललाई सुम्पिएको छ।
चैत २४ गते बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो। फुयाँल यसअघि आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा करिब चार वर्षसम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।
उनको अनुभव र नेतृत्व क्षमताका आधारमा सन नेपाल लाइफलाई थप सुदृढ बनाउने तथा बीमा सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।







