काठमाडौँ। नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड सीजी (CG) ले नयाँ वर्ष २०८३ को सुखद आगमनसँगै आफ्नो नयाँ वार्षिक ब्रान्ड अभियान “Experience Life with CG” घोषणा गरेको छ। यस वार्षिक अभियान अन्तर्गत नयाँ वर्षलाई लक्षित गर्दै “भरोसा नेपालीको उत्सव नयाँ वर्षको” भन्ने विशेष नाराका साथ उपहार योजनाको भव्य सुरुवात गरिएको हो।
गत वर्ष सञ्चालित “Level Up!” अभियानमार्फत सीजीले नेपाली बजारमा प्रविधि र गुणस्तरको नयाँ मापदण्ड स्थापित गरेको थियो। सोही अभियान अन्तर्गत कम्पनीले नेपाली ब्रान्डमै पहिलोपटक AI TV, AI Air Fryer, Karaoke TV, र विशाल 100-inch TV जस्ता अत्याधुनिक उत्पादनहरू भित्र्याउँदै उपभोक्ताहरूलाई आफ्नो जीवनशैलीलाई अर्को स्तरमा पुर्याउन (Level Up) प्रोत्साहित गरेको थियो र विश्व बजारमा प्रचलित उत्कृष्ट गुणस्तरका घरायसी उपकरणहरू, पारिवारिक मनोरञ्जनका साधनहरू तथा स्मार्ट घरेलु उपकरणहरू नेपाली ब्रान्डमार्फत नै नेपालमा उपलब्ध गराउनुले सीजीको उच्चस्तरीय उत्पादनहरूप्रतिको प्रतिबद्धतालाई थप प्रमाणित गरेको छ।
सोही सफलता र आम उपभोक्ताको उत्साहजनक प्रतिक्रियालाई मध्यनजर गर्दै यस वर्ष “Experience Life with CG” अभियानमार्फत ग्राहकहरूको जीवनशैलीलाई अझ आधुनिक, स्मार्ट र सहज बनाउने लक्ष्य लिइएको छ।
“Experience Life with CG” अभियानका मुख्य पक्षहरू
यो अभियान वर्ष २०८३ भरि नै विभिन्न उत्सवहरूमा जारी रहनेछ। नयाँ वर्षको सुरुवातमा यसका प्रमुख विशेषताहरू यस प्रकार छन्:
- प्रिमियम जीवनशैलीको अनुभव: गत वर्षको प्रोत्साहन (Encouragement) लाई यस वर्ष प्रत्यक्ष अनुभवमा बदल्दै सीजीले आफ्ना उच्च गुणस्तरका घरायसी उपकरणहरू, मनोरञ्जनका साधनहरू तथा स्मार्ट घरेलु उपकरणहरू मार्फत नेपाली घरहरूलाई थप सुविधायुक्त बनाउनेछ। विशेष गरी मेरिडिया (Meridia) सेगमेन्टका उत्पादनहरूले ग्राहकलाई विश्वस्तरीय अनुभव प्रदान गर्नेछन्।
- नयाँ वर्ष विशेष उपहार योजना: “भरोसा नेपालीको उत्सव नयाँ वर्षको” अन्तर्गत प्रत्येक खरिदमा आकर्षक निश्चित उपहारहरू र विशेष क्यासब्याक प्रदान गरिएको छ।
- बम्पर लक्की ड्र: नयाँ वर्षको खुसीयालीलाई थप उल्लासमय बनाउन सीजीका स्मार्ट घरेलु उपकरण खरिद गरी QR कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ। यसरी दर्ता भएका ग्राहकहरू स्वतः लक्की ड्रमा सामेल हुनेछन्। भाग्यशाली विजेताहरूका लागि बम्पर उपहारको व्यवस्था गरिएको छ।
प्रिमियम प्रविधिलाई सबै नेपालीको पहुँचमा पुर्याउन कम्पनीले नागरिकता मात्र भए पुग्ने ‘सजिलो ०% EMIको विशेष वित्तीय सुविधालाई वर्षभरि नै निरन्तरता दिनेछ।
नेपाली बजारमा ४० वर्षभन्दा बढी समयदेखि विश्वसनीय तथा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएको सिजी इलेक्ट्रोनिक्सले देशभर रहेका २१ वटा आधुनिक शोरुमहरू र ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ। ग्राहकहरूले आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन खरिदको सुविधा पनि लिन सक्नेछन्।
यस सञ्जालले ग्राहकलाई छिटो र भरपर्दो सेवा प्रदान गर्दै सीजीलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ। “Experience Life with CG” मार्फत कम्पनीले २०८३ सालभरि नै उपभोक्ताहरूलाई नवीन प्रविधि, नवप्रवर्तन र गुणस्तरीय सेवामार्फत उत्कृष्ट जीवनको अनुभव गराउने प्रतिबद्धता व्यक्त गर्दछ।







