काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

चालु आवमा पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म आठ अर्ब ५६ करोड सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिएका छन् ।

नाका सञ्चालन भएपछि व्यापार बढेको उनको भनाई छ । पछिल्लो समय मानिसहरूको आवतजावत बढिरहेको उनको भनाई छ ।

उनले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताएका छन् । रासस