काठमाण्डौ। कामना सेवा विकास बैंकले सेवाग्राहीलाई डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको छ।
बैंकले जारी गरेको एक सूचना अनुसार बैंक तथा बैंकका शाखा कार्यालयहरुबाट डिम्याट खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो।
आव २०८० र ८१ सम्म खाता खोलेका सम्पूर्ण डिम्याट खातावालाहरूलाई प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउन सूचना जारी गरेको छ।
खातावालाहरले यही असार मसान्तभित्र आफूलाई पायक पर्ने नजिककको शाखा कार्यालयमा वा ई–सेवा फोनपे, आइएमई पे,खल्ती र कनेक्ट आईपीएस जस्ता विद्युतीय माध्यमबाट समेत शुल्क बुझाउन सक्नेछन् ।
असार मसान्तभित्र उक्त शुल्क नबुझाएमा साउन १ गतेबाट खाता स्वतःरोक्का हुने बैंकले जनाएको छ ।






