काठमाडौँ। नव नियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना र कम गर्नका निमित्त आवश्यक नीति निर्माण गर्ने बताएका छन्।

आज पदभार ग्रहण गर्दै मन्त्री दाहालले दुर्घटना न्यूनीकरण गर्न नीतिगत व्यवस्था गर्ने बताएका छन्। मन्त्रालयमा कामको चाप धेरैभएनी आफूले काम गर्दै सिक्दै गर्ने बताएका छन् ।

विकास निर्माणका काम ठप्प भएका छन्, ती आयोजनाको अवस्था मसिनो गरी हेर्नेछौँ, ठेकेदारको भुक्तानीमा पनि हेर्नेछौँ’ मन्त्री दाहालले भने

मन्त्री दाहालले सार्वजनिक खरिद ऐन संशोधन गर्ने र क्यालेन्डर बनाएर काम गर्ने बताएका छन् । ‘विकासलाई तीव्रता दिन हाम्रो मन्त्रालयको जिम्मेवारी ठुलो छ मैले सोही अनुसार सोच्नुपर्ने छ ’, दाहालले भने