काठमाडौं । दशैंअघि नै भुक्तानी पाउने भनिएको निर्माण व्यवसायीको बक्यौता भुक्तानी पाउन सकेका छैनन् ।
यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीको बक्यौता रकम दशैँ भुक्तानी गर्ने प्रतिबद्धता जनाएको थिए ।
भौतिक पूर्वाधार तथा यातायातले अब कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने तयारी भइरहेको जनाएको छ ।
बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्दा तीन महिना अगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नैपर्ने हुँदा ढिलाइ भएको मन्त्रालयको भनाई छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घले भने सरकारबाट अझै रु ४५ अर्ब भुक्तानी हुन बाँकी रहेकाले समयमा भुक्तानी हुन नसक्दा निर्माण उद्योग समस्यामा परेको जनाएको् छ ।







