काठमाडौँ। निर्माण व्यवसायीहरूले भोलीदेखि आन्दोलनमा जाने घोषणा गरेका छन् । उनीहरूले माघ ३ गतेदेखि चरणबद्ध रूपमा आन्दोलनमा जाने तयारी भएको जनाएका छन् ।
लामो समयदेखि निर्माण व्यवसायीले सरकारसँग विभिन्न माग राख्दै आएको तर सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको व्यवसायी महासङ्घका महासचिव रोशन दाहालको भनाइ छ ।
दाहालका अनुसार माघ ३ गतेदेखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र विकासे मन्त्रीहरूलाई ज्ञापन पत्र बुझाउने तयारी रहेको छ । साथै १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम तय भएको छ ।
साथै त्यसपछि समेत माग पुरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पार्ने महासङ्घले जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्






