काठमाडौं। सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइ माग गर्दै उनकी पत्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै रिहा गर्न आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

अदालतको यस आदेशपछि अब सरकारलाई लेखकलाई हिरासतमा राखी अनुसन्धान गर्न थप समय प्राप्त भएको छ। सोही क्रममा जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाबारे बयान तथा अनुसन्धान कम्तीमा २४ दिनसम्म अघि बढाउन बाटो खुलेको छ।