काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ड्राइभिङ लाइसेन्स छाप्न अझै डेढ वर्ष समय लाग्न सक्ने बताएका छन् ।

आज प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री महासेठले ड्राइभिङ लाइसेन्सको समस्या समाधान गर्न आफु लागिपरेको बताएका छन् ।

आफूले मन्त्रालय सम्हाल्न थालेपछि दैनिक रुपमा ५ हजारप्रति लाइसेन्स प्रिन्ट हुन लागेको उल्लेख गर्दै समस्या समाधान गर्न निर्देशन दिएको जानकारी गराए । महिनाको डेढ लाख लाइसेन्स प्रिन्ट गर्दा अझै डेढ वर्ष प्रिन्ट गर्न समय लाग्ने मन्त्री महासेठलेको भनाई छ ।