काठमाडौँ । साताको पहिलो कारोबारका दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । नेप्से सूचक ७९.८८ विन्दुले घटेर २८९४.५७ अंकमा आएर अडिएको छ । १९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढी    को सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

एक सातासम्म २९ सय अंकको बिन्दुमा अड्किएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज घटेसँगै अन्ततः २८ सय अंकको बिन्दुमा झरेको हो । आज १९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढी शेयर कारोबार भएको छ । यस्तै ४ करोड २६ लाख कित्ता शेयर किनबेच भएको छ । यसअघि नेप्सेमा २९ अर्ब रुपैयाँसम्मको शेयर कारोबार हुन थालेको थियो भने दैनिक ६ करोड कित्ताभन्दा बढी शेयर किनबेच भएको थियो ।

बजार ७९ अंकले खुम्चिँदा आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ। यस्तै १८८ वटा कम्पनीको मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्य भने स्थिर कायम छ । परिसूचक घटे पनि आज आइतबार ३ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यद्यपि, बजार बढ्नु र घट्नु स्वाभाविक प्रक्रिया रहेको अर्थविद् चन्द्रमणी अधिकारीले बताएका छन् । बजार घट्न थालेपछि खरिद गर्ने तयारीमा रहेकाहरु पनि केही समयका लागि पर्खिने मनस्थितिमा पुग्ने र बिक्री गरेकाहरू अझै मूल्य तल आएपछि मात्र किन्ने योजना बनाएर बस्ने भएको कारण बजार बढ्न थालेपछि भने यसको ठिक उल्टो प्रवृत्ति देखिने उनको भनाई छ ।

बजार बढेसँगै करेक्सन आउनु बजारका लागि सुखद भएको उद्धृत गर्दै अर्थतन्त्रको सूचक एक दुई दिनमै तलमाथि नहुने तर शेयर बजारको स्वभाव नै तलमाथि भइरहने भएको बताएका छन् । बजार ओरालिँदैमा अब १८ सयकै बिन्दुमा जान्छ, पहिरो नै चल्यो भनेर सोच्न नहुने र हालको करेक्सन प्रक्रिया शुखद रहेको उनको भनाई छ । पुजिबजार अझै परिपक्व नभएको कारण यसमा बढ्नेघट्नेक्रम निरन्तर हुने उनको भनाई छ ।

सेयर बजारका लागि अरु समग्र पक्ष सकारात्मक अवस्थामै रहेकाले नियमित करेक्सन चक्र पूरा भएपछि बजार पुनः गति लिने उनको भनाई छ । समग्रमा बजार बुल रनमा रहेकाले आगामी दिनहरूमा बजारले माथिल्ला विन्दुहरू छुने उनको विश्वास छ ।

सेयर बजार सुधारमा प्रतिबद्ध देखिएको छ । बैंक–वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । ब्याजदर निरन्तर घटिरहेको छ । लगानीका अन्य क्षेत्रहरू सङ्कुचित अवस्थामै छन् । यता, बजारमा नयाँ लगानीकर्ताको प्रवेश भइरहेको छ यस्तो अवस्थामा लगानीकर्ता त्रसित हुनुपर्ने कारण छैन बरु हौसिन आवश्यक छ  उनले भने ।

आज लघुवित्त समूह ५८ अंकले बढ्यो । यसबाहेक बैंक समूह ५६ अंकले घट्दा विकास बैंक १४५ अंकले घटेको छ । यस्तै वित्त १३९ अंकले र होटल तथा टुरिजम १७७ अंक, जलविद्युत १११ अंक, जीवन बीमा ३६९ अंक र निर्जीवन बीमा समूह ३२८ अंकले घटेको छ ।