काठमाडौं । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आजपनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी रहेको छ ।

मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने चलन रहेको छ ।

महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ ।
यसैबीच दसैँको सार्वजनिक बिदा भने मंगलबार आजदेखि सकिएको छ ।

जसअनुसार आजदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् ।

सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो ।