काठमाडौँ। लाभांश र हकप्रद लगायतका प्रस्तावहरू पारित गर्न मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आगामी मंसिर ७ गते एघारौँ वार्षिक साधारण सभा डाकेको छ ।
कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको लाजिम्पाटस्थित नेपाली चुलोमा बिहानको ८ बजे सभा बोलाउने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफा समेतबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्ने भएको छ ।
लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको १ः१.२५ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ । साथै सभाले गत आवको वार्षिक र लेखा परीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने जनाएको छ । यसका आधारमा २७ गतेसम्म कायम शेयर धनीहरू सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।







