काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट आएको महिना दिन नकट्दै यही पुष २५ गते भारत भ्रमणमा जाने भएका छन् ।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले आफ्नो सामाजिक सञ्जाल फेशबुकमार्फत प्रधानमन्त्री ओली चार दिने भ्रमणमा यही पुष २५ गते भारत जान लागेको जानकारी गराएका छन् ।
परराष्ट्र मन्त्रालयका अधिकारीले अहिलेसम्म भ्रमणको मिति तय नभएको बताई रहेको समयमा एमाले नेता बस्नेतले भने प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति नै सार्वजनिक गरेका छन्। तर यता प्रधानमन्त्रीको सचिवालयले भने भारत भ्रमणको मिति तय भई नसकेको जानकारी दिएको छ ।






