काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)का उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र राज रेग्मीले बैंकिङ क्षेत्रको समस्या र चुनौतिहरुको समाधान गर्न सबैजना अगाडि बढ्नुपर्ने बताएका छन् ।
नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)को ५ औँ वार्षिक साधारण सभामा बोल्दै उनले बैंकिङ क्षेत्रलाई सबैले विस्वास गर्नुपर्नेमा समेत जोड दिए ।
उनले नेपालको विकासका लागि, विस्तारको लागि, चुनौतिको लागि सामना गर्न सँगसँगै काम गर्नु पर्ने बताए । उपाध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रमा देखा परेका चुनौतिहरु सामना गर्न एकसाथ अगाडि बढ्नु पर्ने जनाउँदै बैंकिङ क्षेत्रको तथ्यांकहरुमा गत वर्षको तुलनामा कति कुरा घटेर गएको उल्लेख गरे ।







