काठमाडौँ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। फागुन ७ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो।

यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । साथै, कम्पनीले बैंकको मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी १५ मेगावाट सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्नुका साथै बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानी गर्ने उद्देश्यले सो दरमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

हकप्रद निष्कासन पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब पुग्ने छ । आगामी वार्षिक साधारण सभा वा विशेष साधारण सभाबाट पारित भएपश्चात् कम्पनीले सो दरमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।