काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ हजार रुपैयाँले गिरावट आएको हो।
मंगलबार प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य घटेर आज २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य भने उकालो लागेको छ। मंगलबार प्रतितोला ५ हजार ६० रुपैयाँ रहेको चाँदी आज बढेर ५ हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।






