काठमाडौँ । नेपालमा निरपेक्ष गरिबीको रेखा मुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशतमा झरेको छ ।
बुधवार सार्वजनिक आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार बहुआयामिक गरिबी पनि १७.४ प्रतिशतमा सीमित भएको छ ।
स्वास्थ्य सेवामा सुधारसँगै नेपालीको औसत आयु बढेर ७१.३ वर्ष पुगेको छ । यस्तै, १५ देखि २४ वर्ष उमेर समूहका युवाको साक्षरता दर ९४.२ प्रतिशत पुगेको छ भने माध्यमिक तहको खुद भर्ना दर ५१.६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।






