काठमाडौं । शुक्रबार सुनको भाउ सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा झरेको हो। बिहीबार भने यसको मूल्य २ लाख ९३ हजार ८ सय रुपैयाँ थियो।

यसैबीच, चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ। बिहीबार प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।