काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ९४ हजार रुपैयाँमा झरेको हो।
यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम रहेको थियो।
चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। शुक्रबार प्रतितोला ५ हजार ३९० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ३३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा सीमित भएको छ।






