काठमाडौँ । उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूविरुद्ध प्रहरीले व्यापक कारबाही गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न किसिमका नियम उल्लङ्घनमा संलग्न हजारौँ चालकहरू कारबाहीमा परेका छन्।
कारबाहीमा पर्नेहरूमध्ये ५९ जना मादक पदार्थ सेवन गरेर सवारी चलाउने रहेका छन् भने ११९ जनाले नियमविपरीत ‘राइड सेयरिङ’ गरेको पाइयो। त्यस्तै, १३२ जनाले ट्राफिक संकेत बत्ती उल्लङ्घन गरेका छन् भने २०८ जनाले तीव्र गतिमा सवारी चलाएको भेटिएको छ।
यसका अतिरिक्त ५७ जनाले लेन अनुशासन पालना नगरेको, ९४ जनाले निषेधित स्थानमा हर्न बजाएको, ९५ जनाले सडक पेटीमा सवारी पार्किङ गरेको र १२६ जनाले एकतर्फी सडकमा सवारी चलाएको पाइयो।
त्यसैगरी, अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १३९ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।






