काठमाडौं । एक दिनअघिको गिरावटपछि सुनको मूल्य पुनः उकालो लागेको छ। आज सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। हिजो भने यही सुन २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको थियो।

त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ७४५ रुपैयाँ कायम भएको छ।

यसबीच, चाँदीको भाउ भने घट्दो क्रममा देखिएको छ। चाँदी आज प्रतितोला २० रुपैयाँले सस्तो हुँदै ५ हजार ४० रुपैयाँमा झरेको महासंघले जनाएको छ।