काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सेवा प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानमा रहेका ८ वटा शाखा एकीकृत (मर्ज) गर्ने निर्णय गरेको छ। बैंकले साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया सुरु गर्ने जनाएको हो।

बैंकका अनुसार शाखा गाभिएपछि सम्बन्धित ग्राहकहरूले नजिकको तोकिएको शाखाबाट सहज रूपमा सम्पूर्ण बैंकिङ सेवा लिन सक्नेछन्।

समायोजन योजनाअनुसार चितवनको हाकिमचोक शाखा नारायणगढ शाखासँग गाभिनेछ भने काठमाडौंको बालाजु शाखा गोंगबु शाखामा समाहित हुनेछ। त्यस्तै, खुसीबु शाखा डल्लु शाखामा, कलंकी शाखा स्वयम्भु शाखामा, कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा तथा ठमेल शाखा दरबारमार्ग शाखामा समायोजन गरिनेछ।

यसैगरी गण्डकी प्रदेशको लामाचौर शाखा बगर शाखामा र मधेश प्रदेशको वीरगञ्ज (लिंकरोड) शाखा आदर्शनगर शाखासँग एकीकृत गरिने बैंकले जनाएको छ।