काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुनको मूल्य घटेर प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कायम भएको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले कम भएको हो।
यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ५ हजार ८५ रुपैयाँ रहेको चाँदी बुधबार घटेर ४ हजार ९ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको हो।






