काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई लक्षित गरी आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीलाई जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर अर्थात ८५ करोड ५० लाख रुपैयाँको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त भएको थियो ।

उक्तमध्ये सर्वसाधारणका लागि बाँकी रहेको ४६ करोड ७४ लाख रुपैयाँ बराबरको ४६ लाख ७४ हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री खुला गरिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यस आईपीओको निष्काशन तथा बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।