काठमाण्डौ । स्थानीय बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ। अघिल्लो कारोबारको तुलनामा सुनको भाउ उल्लेख्य रूपमा बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको छ। यसअघि सुन २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, १० ग्राम सुनको मूल्य आज २ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ।
चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ। चाँदी प्रतितोला १४० रुपैयाँले बढ्दै ५ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।






