काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ३१ लाख ८० हजार कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएको हो ।
यी शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा लिखित जानकारी दिनु पर्नेछ।
साथै उक्त म्यादभित्र संस्थापक शेयरधनीबाट खरीदका लागि पर्याप्त आवेदन नपरेमा बाँकी शेयर सर्वसाधारणलाई शेयर बिक्री गरिने बैंकले उल्लेख गरेको छ ।







