काठमाडौँ । चैत मसान्तसम्ममा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९४ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।कम्पनीको कुल आम्दानी २८.७६ प्रतिशत बढेर १० करोड ३८ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १३९.४१ प्रतिशत बढेर १ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी ४३.४८ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १८.२० प्रतिशत घटेको छ। तथापि , कम्पनीको कुल आम्दानी २८.७६ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च समीक्षा अवधिमा १३९.४१ प्रतिशत बढेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १० पैसा बढेर ७ रुपैयाँ १८ पैसा पुगेको छ भन प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ २२ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २४५.५३ गुणा रहेको छ। चुक्ता पूँजी १ अर्ब २८ करोड ४३ लाख रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा १२ करोड ३ लाख रुपैयाँ सञ्चित रहेको छ।







