काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८८.०७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्प्नीले ५६ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको लगानी आम्दानी भने ३१.६७ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ६२ लाख ९३ हजार रुपैयाँ रहेको कम्पनीको लगानी आम्दानी ४३ लाखमा झरेको छ । कम्पनीको वित्त आय पनि ४१.६६ प्रतिशतले घटेर १ करोड २३ लाखमा सीमित भएको छ ।

कम्पनीको कुल खर्च ५४ लाख ९१ हजार रुपैयाँले ऋणात्मक रहेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ७४ पैसा बढेर २ रुपैयाँ ६७ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०२.०२ गुणा रहेको छ।

१ अर्ब २२ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ६ करोड ४७ लाख रुपैयाँ रहेको छ।