काठमाडौँ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो।
कम्पनी संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, उक्त लाभांश वितरण पश्चात् कायम हुने चुक्ता पुँजीको शत प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव सहित कम्पनीले साधारण सभा डाकेको छ ।
कम्पनीले २१ गतेका लागी बुकक्लोज मिति तय गरेको छ । यसर्थ मङ्सिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन्।









