काठमाडौं । सिम्रिक एयरले प्रिमियम मूल्यमा आइपिओ जारी जनाएको छ । कम्पनीले आइपिओ जारी गर्न असार २५ गतेका लागि सभा बोलाएको छ । असार ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाएको हो।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँमा असार २५ गते साँझ ५ बजे हुने कम्पनीले जनाएको छ । सभामा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने छ । साथै, कम्पनीले बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

यस्तै आव २०८०र८१ को वार्षिक प्रतिवेदनमाथि छलफल राख्नुकासाथै लेखा परीक्षणको प्रतिवेदनसहित वित्तीय विवरणहरू समेत पारित गरिनेछ ।