काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नबिल बैंक लिमिटेडलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ। बैंकले सेबोनबाट ऋणपत्र निष्कासनका लागि असार १२ गते स्वीकृति पाएको हो ।

बोर्डले कम्पनीलाई रु १ हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता भएको ‘ ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ। बैंकले यसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता आम सर्वसाधारणका लागि जारी गर्नेछ ।

८ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज पाइने छ। बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।