काठमाडौँ । जेन–जी आन्दोलनअन्तर्गत प्रदर्शनकारीहरूले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन्। प्रदर्शनकारीहरूले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रवेश गरी तोडफोड गर्दै आगो लगाएका हुन् ।
घटनाको थप विवरण प्राप्त हुन बाँकी छ ।
आन्दोलनकारीहरू सामाजिक सञ्जालमाथि सरकारको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध सोमबार सडकमा उत्रिएका थिए । आज आन्दोलनको दोस्रो दिन हो ।
जेन–जी आन्दोलनले देशभरिका मुख्य शहरमा सरकारको नीति, भ्रष्टाचार र जनअधिकारको उल्लंघनविरुद्ध आवाज उठाउँदै आएको छ। ललितपुर घटनासँगै, आन्दोलनमा सहभागीहरूले पार्टी कार्यालयहरूलाई लक्षित गर्दै सरकारको ध्यान आकृष्ट गर्ने रणनीति अपनाएका छन्।






