काठमाण्डौ । देशमै विश्वविद्यालय, कलेज र अन्य शैक्षिक संरचना विस्तार हुँदै गए पनि विद्यार्थीहरूको विदेशिनेलाई रोक्न सकेको छैन । पछिल्लो एक महिनामै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार गएको आर्थिक वर्षको तुलनामा शिक्षातर्फको खर्च थोरै मात्रामा घटेको देखिन्छ। चालू आर्थिक वर्षको पहिलो महिनामा १४ अर्ब ३१ करोड रुपैयाँ अध्ययनका लागि विदेशिएको छ ।

अघिल्लो वर्षको यही अवधिमा १४ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको थियो । देशभित्रै सुविधा सम्पन्न शैक्षिक संस्था भए पनि विद्यार्थीहरूको ठूलो हिस्सा अझै उच्च शिक्षाका लागि विदेशी मुलुक रोजिरहेको तथ्यांकले देखाएको छ ।