काठमाडौं। आज मङ्सिर १५ गते दुई वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज स्ट्याण्डर्ड चार्टर्ड बैंक र सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी दुवै कम्पनीले साधारणसभाको लागि मङ्सिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज आज मङ्सिर १५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले मङ्सिर २९ गते साधारणसभा बोलाएको छ ।

त्यस्तै सुपर मादी हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले पुस ४ गते साधारणसभा बोलाएको छ ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।