काठमाडौं। नेपालका जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको माघसम्ममा कुल १ खर्ब ११ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार, देशभर सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले यो रकम संकलन गरेका हुन्।
विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा व्यवसायमा १६.४३ प्रतिशतको वृद्धि भएको देखिन्छ। गत वर्षको सोही अवधिमा कम्पनीहरूले ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।
कुल बीमा शुल्कका आधारमा, नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेका छन्। तर, वृद्धिदरका हिसाबले सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा र आइएमई लाइफ इन्स्योरेन्स अग्रस्थानमा देखिएका छन्।
नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क संकलन गर्दै गत वर्षको तुलनामा १३.८१ प्रतिशत वृद्धिसहित २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ। नेशनल लाइफ इन्स्योरेन्सले १८.४६ प्रतिशत वृद्धिसहित १३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ भने एलआइसी नेपालले ७.७७ प्रतिशत वृद्धिसहित १२ अर्ब ३ करोड रुपैयाँ संकलन गरेको छ।
अन्य कम्पनीहरुको प्रिमियम संकलन तालिकामा हेर्नुहोस्








