काठमाडौँ । पछिल्ला केही दिनदेखि उतारचढाव देखिएको सुनको मूल्य(आज) शुक्रबार भने घटेर नयाँ स्तरमा पुगेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको थियो। यसरी हेर्दा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेको देखिन्छ। निर्वाचनका कारण केही दिन बजार आंशिक रूपमा प्रभावित भएको थियो । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र डलरको मूल्यमा आएको परिवर्तनको प्रभाव पनि नेपाली बजारमा परेको अनुमान गरिएको छ।
यता चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ। महासंघका अनुसार बुधबार बजारमा चाँदी प्रतितोला ५ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको थियो। शुक्रबार भने यसको मूल्य बढेर प्रतितोला ५ हजार ५४५ रुपैयाँ पुगेको छ। यसरी चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको हो।







