काठमाडौँ । नेपाली बजारमा आज बुधवारका दिन सुनको मूल्य उच्च बिन्दुमा पुगेको छ । अघिल्लो दिन सामान्य बढेको सुन आज तोलामा एक हजार १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, आज अन्तराष्ट्रिष्य बजारमा सुनको मूल्य १ प्रतिशतले बढेको छ । अन्तराष्ट्रिष्य बजारमा सुनको मूल्य प्रतिऔंस ३०.६८ डलरले बढेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सुनको मूल्य बढ्ने आधारहरू कायम रहेको कारण सुनको मूल्य थप मंहगो हुने सम्भावना रहेको महासंघको भनाई छ ।