काठमाडौँ। नेपाल स्टक एक्सचेञ्जमा एकैदिन तीन वटा कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्। आज डिप्रोक्स लघुवित्त, लक्ष्मी सनराइज बैंक र जीवन विकास लघुवित्त का बोनस सेयर सूचीकृत भएका हुन्।

डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस दरअनुसार १८ लाख ६८ हजार २८५ कित्ता सेयर थपिएको छ। त्यसैगरी लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनस बराबर २ करोड ४३ लाख ४६ हजार ५१२ कित्ता र जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस बराबर २१ लाख ५० हजार ६४० कित्ता सेयर सूचीकृत गरिएको छ।

सूचीकृत भएका यी सबै बोनस सेयर आइतबारदेखि दोस्रो बजारमा खरिद–बिक्रीका लागि खुला हुनेछन्।