काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको नयाँ अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको हालै सम्पन्न बैठकले १६ गतेदेखि लागु हुने गरी उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो।

ढुंगाना करिब एक वर्षअघि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट हटेका थिए। उनको कार्यकालमा डेढ वर्ष बाँकी थियो तर उनी बैंक गभर्नर पदको दाबेदार बनेपछि राजीनामा दिएका थिए।

उनको अनुभव र नेतृत्व क्षमतालाई ध्यानमा राख्दै कम्पनीले उनलाई नयाँ अध्यक्ष नियुक्त गरेको बताइएको छ।