काठमाडौं । नयाँ वर्ष २०८३ को आगमनसँगै विश्वसनीय र प्रतिष्ठित ब्रान्ड Godrej ले नेपाली ग्राहकहरूका लागि विशेष योजना सार्वजनिक गरेको छ। “नयाँ सुरुवातको शुभारम्भ” भन्ने सन्देशसहित ल्याइएको यस अभियानले नयाँ वर्षलाई अझ सहज, आधुनिक र आरामदायी बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले Godrej का विभिन्न होम अप्लायन्सहरू खरिद गर्दा रु. ३५,३०० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, ग्राहकहरूको दैनिक जीवनलाई थप सहज बनाउने उद्देश्यले हरेक खरिदमा विभिन्न Assured Gifts पनि प्रदान गरिनेछ।
यस अफर अन्तर्गत, Front Load Washing Machine खरिदमा ६ केजी Ariel डिटर्जेन्ट, Top Load Washing Machine मा २ केजी Ariel, तथा Twin Tub Washing Machine मा १ केजी Ariel निःशुल्क प्रदान गरिनेछ। त्यसैगरी, Microwave Oven खरिद गर्दा Cooking Kit उपहार, Air Conditioner मा Free Installation, साथै सबै उत्पादनहरूमा Free Delivery सुविधा उपलब्ध रहनेछ।
Godrej ले वर्षौँदेखि गुणस्तर, विश्वास र नवीनतामा आधारित सेवा प्रदान गर्दै आएको छ, जसका कारण यसले “Most Trusted Brand” को पहिचान कायम राख्न सफल भएको छ। यस नयाँ वर्ष योजना पनि ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ।
यसका साथै, ग्राहकहरूले CG Elex मार्फत सजिलो 0% EMI सुविधा पनि उपभोग गर्न सक्नेछन्, जहाँ न्यूनतम कागजी प्रक्रिया र “नागरिकता भए पुग्छ” भन्ने सरल प्रक्रियाले खरिदलाई अझ सहज बनाएको छ।
Godrej का यी सम्पूर्ण अफरहरू नेपालभर CG Electronics मार्फत उपलब्ध छन् र सीमित अवधिका लागि मात्र लागू हुने भएकाले ग्राहकहरूलाई आफ्नो नजिकको आधिकारिक शोरुम वा डिलरमार्फत छिटो खरिद गर्न आग्रह गरिएको छ।







