काठमाडौं। ग्राहकहरुको ‘पे–एज–यू–गो’मा महंगो दरमा पैसा काटिने समस्या र दूरसञ्चार कम्पनीहरु आम्दानी घटेर आर्थिक संकटतिर धकेर्लिँदै गरेको अवस्थामा सरकारको पछिल्लो एक निर्णयले राहत दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आम उपभोक्ता र कम्पनीहरूका लागि समेत फाइदा हुने गरी अब सब्स्क्रिप्सन मोडेलमा जाने निर्णय गरेको छ साथै उपभोक्ताहितका विभिन्न प्रावधान ल्याउने तयारी गरेको छ।

देशमा नयाँ सरकारले आक्रामक रुपमा काम थालेसँगै मोबाइल डाटा सेवा सब्स्क्रिप्सन मोडेलमा सञ्चालन गर्न सकिने प्रणाली लागू गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिरणको सहकार्यमा मोबाइल डाटा सेवामा सुधार गदै ९० प्रतिशत डाटा प्रयोगपछि ग्राहकलाई सूचना पठाउने, ग्राहकलाई ‘पे–एज–यू–गो’ निष्कृय गर्ने विकल्प दिने र मोबाइल डाटा सेवा सब्स्क्रिप्सन मोडेलमा सञ्चालन गर्न सकिने प्रणाली लागू गर्न सकिने जनाएको छ।