काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि देखिएको छ। छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। बिहीबार प्रतितोला ४ हजार ८७५ रुपैयाँ रहेको चाँदी आज ८५ रुपैयाँले बढ्दै ४ हजार ९६० रुपैयाँ पुगेको छ।







