काठमाडौं। बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८ सय रुपैयाँले कमी भई ३ लाख ५ सय रुपैयाँमा झरेको हो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ५ हजार १६० रुपैयाँ रहेको चाँदी आज ३० रुपैयाँले ओरालो लाग्दै ५ हजार १३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।






