काठमाडौं । सरकारी कर्मचारीसँग सम्बन्धित १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता सरकारले खारेज गरेको छ ।

श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले बुधबार गरेको निर्णयअनुसार ८ वटा निजामती कर्मचारीसँग सम्बन्धित र ४ वटा स्वास्थ्यकर्मी समूहका ट्रेड युनियनहरूको दर्ता रद्द गरिएको हो ।

खारेज हुने सूचीमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च लगायतका संघसंस्थाहरू रहेका छन् ।

त्यस्तै स्वास्थ्य क्षेत्रतर्फ नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनसहित अन्य स्वास्थ्यकर्मी युनियनहरूको पनि दर्ता खारेज गरिएको विभागले जनाएको छ ।