काठमाडौं । नेपालमा दुई-पाङ्ग्रे पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित Royal Enfield Nepal ले ‘Rental Partners’ Meet 2026’ आयोजना गरेको छ। ग्वार्कोस्थित Royal Tulip मा सम्पन्न कार्यक्रममा नेपालभरका मोटरसाइकल रेन्टल व्यवसायसँग सम्बन्धित सरोकारवालाहरू सहभागी भएका थिए।

Royal Enfield को नेपालका लागि आधिकारिक वितरक Alpha Automotive Pvt. Ltd. ले आयोजना गरेको कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका ४० मोटरसाइकल रेन्टल कम्पनीका सञ्चालक, Royal Enfield India का प्रतिनिधि तथा Alpha Automotive का कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपालमा विस्तार भइरहेको मोटरसाइकल पर्यटन क्षेत्रका सम्भावना, चुनौती र दिगो विकासका उपायबारे छलफल गरिएको थियो। सहभागीहरूले नियामकीय जटिलता, पूर्वाधार अभाव तथा व्यवसायिक दिगोपनासम्बन्धी समस्याबारे धारणा राखेका थिए। साथै, सरकारी निकायसमक्ष साझा सुझाव प्रस्तुत गर्न उद्योगबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रममा वक्ताहरूले दुई-पाङ्ग्रे पर्यटनले नेपालमा विदेशी पर्यटक भित्र्याउने, रोजगारी सिर्जना गर्ने तथा ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए। उनीहरूले नेपाललाई adventure motorcycling को अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न पनि यो क्षेत्र महत्वपूर्ण हुने उल्लेख गरेका थिए।

Alpha Automotive ले रेन्टल पार्टनरहरूसँग सहकार्य, समन्वय तथा उद्योगसम्बन्धी जानकारी आदानप्रदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। त्यसैगरी Royal Enfield ले नेपालमा riding ecosystem लाई थप सशक्त बनाउन partnership, community engagement तथा sustainable tourism initiatives लाई निरन्तरता दिने जनाएको छ।

‘Rental Partners’ Meet 2026’ सहभागीहरूबीच सहकार्य र निरन्तर संवादलाई थप मजबुत बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको थियो।

रोयल इन्फिल्डबारे

सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इन्फिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो । Pure Motorcycling अवधारणालाई अघि बढाउँदै आएको कम्पनीले हालै सार्वजनिक गरिएको Guerrilla 450 सहित Hunter 350, Classic 350, Himalayan 450, Meteor 350, Interceptor 650 लगायतका प्रिमियम मोडल उत्पादन गर्दै आएको छ ।

Eicher Motors Limited अन्तर्गत सञ्चालित रोयल इन्फिल्डको विश्वका ८० भन्दा बढी देशमा उपस्थिति रहेको छ । नेपालसहित विभिन्न देशमा कम्पनीका CKD assembly facilities सञ्चालनमा छन् ।