काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल चाइना जनेश समिट दुई देशबीच आर्थिक सहकार्यका लागि महत्वपूर्ण हुने बताएका छन् । चीन भ्रमणमा रहेका प्रधामन्त्री दाहालले आइतबार बेइजिङमा सम्बोधनका क्रममा यस्ताे बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नेपाल चिनियाँ लगानीकर्ताहरुका लागि अवसरको भूमि रहेको बताए । उनले नेपाल व्यवसाय वृद्धि गर्न जनसंख्यिक लाभका साथै युवाहरुको बाहुल्यता रहेको बताए ।
प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)ले आयोजना गरेको नेपाल चाइना बिजनेश समिटमा नेपाला लगानीको वातावरण उपयुक्त रहेको सुनाए ।
उनले जलस्रोत, हाइड्रोपावर उत्पादनको क्षमता, कृषिको क्षेत्र, फैलिरहेको पर्यटन उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानी गरी ठूलो नाफा कमाउन सकिने बताएका छन् ।
प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो भ्रमण भएको बताउँदै चीन आउँदा विभिन्न क्षेत्रको विकास देखेर चकित परेको बताए ।








