काठमाडौं । शेयर बजार आज दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.५६ अंकले घटेर १,९५८.७२ को विन्दुमा कायम भएको छ ।
आज ४४ कम्पनीको शेयर मुल्य बढेको छ भने १८७ कम्पनीको शेयर मुल्य घटेको छ ।
त्यस्तै, आज २८१ कम्पनीको ३९ लाख ६५ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १९ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिटिजन लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
रिलायबल नेपाल लाइफको ३ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ९१ प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै, आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोका लगानीकर्ताले ७.८१ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.२२ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्तको ६.२२ प्रतिशतले शेयरमूल्य बढेको छ ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।
यसका साथै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को ७ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तका ६.४२ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ६.३ प्रतिशत, रिभर फल्स पावरको शेयरमूल्य घटेको छ ।
यी हुन् आज सबैभन्दा धेरै कमाउने १० कम्पनीहरु :
यी हुन् आज सबैभन्दा धेरै गुमाउने १० कम्पनीहरु :