काठमाडौं । माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा आज बिहीबार (असोज १८ गते) बस्दैछ । सभा होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १३.३०% बोनस र कर प्रयोजनको लागि ०.७०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको यस साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । तसर्थ, असोज ७ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।