काठमाडौं । साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव ३० अंकले बढेर १९९४ दशमलव ३५ को विन्दुमा कायम भएको छ ।

शेयर बजार सामान्य अंकले बढेसँगै आजपनि सोनापुर मिनिरल्सको शेयर कारोबार सर्वाधिक बढेको छ । कम्पनीको १६ करोड चार लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसका साथै, रिलायबल नेपाल लाइफको ११ करोड ४९ लाख रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको नौ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

हिजो बुधबारका दिन बजार २.६ अङ्कले बढेर नेप्से परिसूचक १९८८.०४ विन्दुमा बन्द भएको थियो । उक्त दिन बजार झिनो अङ्कले बढ्दा तीन अर्ब ९० करोडभन्दा बढीको कारोबार भएको थियो।

बिहीबार नेप्सेमा सूचीकृत ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँको कारोबार भएको छ ।